निम्नलिखित गद्यांशलाई ध्यानपूर्वक पढ़ी त्यसका आधारमा तल दिइएका प्रश्नका उत्तर स्पष्ट, सही अनि सङ्क्षिप्त भाषामा लेख्नुहोस् :
दुःखको वर्गमा डरको जुन स्थान हुन्छ, त्यही स्थान आनन्द-वर्गमा उत्साहको हुन्छ । जुन कर्महरूमा कुनै प्रकारको कष्ट वा हानि सहने साहस अपेक्षित हुन्छ ती सबैमा उत्कण्ठापूर्ण आनन्द उत्साह त्यस अन्तर्गत लिने गरिन्छ । कष्ट वा हानिको भेदअनुसार उत्साहको पनि भेद हुनसक्छ । साहित्य-मिमांसकहरूले यही दृष्टिबाट युद्धवीर, दानवीर, दयावीर, इत्यादि भेद गरेका छन् । यीमध्ये सबभन्दा प्राचीन अनि प्रमुख युद्धवीरता हो, जसमा आघात, पीडा वा मृत्युको समेत चिन्ता हुँदैन । यस प्रकारको वीरताको प्रयोजन अत्यन्त प्राचीन समयदेखि हुँदै आइरहेको छ, जसमा साहस र प्रयत्न दुवै चरम उत्कर्षमा पुग्ने गर्छ । केवल कष्ट वा पीडा सहने साहसमा नै उत्साहको स्वरूप स्फुरित हुँदैन । यसका साथै आनन्दपूर्ण प्रयत्न वा उसको उत्कण्ठाको संयोग हुनुपर्दछ । बिना बेहोस नै ठुलो घाउलाई काट्नु तयार हुनु साहस हुनुसक्छ, तर उत्साह होइन । यस्तै प्रकारले चुपचाप बिना हातखुट्टा हल्लाई, अति प्रहार सहनका लागि तयार रहनु साहस र कठिन भन्दा कठिन प्रहार सहेर पनि ध्यैर्यलाई उत्साह अन्तर्गत त्यसबेला लिन सकिन्छ जब साहसी र धीरले त्यस कामलाई आनन्दका साथमा गर्दै जानेछ जसको कारण उसलाई यति प्रहार सहनु पर्ने हुन्छ । सारांशमा, यस्तो आनन्दपूर्ण उत्साह वा उत्कण्ठामा नै उत्साहको दर्शन हुन्छ, केवल कष्ट सहनु निश्चेष्ट साहस-होइन । धृति र साहस दुवैको उत्साह माझ सञ्चरण हुने गर्छ ।
दानवीरको अर्थ त्यागको साहस अर्थात् उसको कारण हुने कष्ट वा कठिनतालाई सहने क्षमता अन्तर्निहित हुन्छ । दानवीरता त्यसबेला भनिन्छ जब दानको कारण दानीलाई आफ्नो जीवन निर्वाहमा कुनै प्रकारको कष्ट वा कठिनता आएको पाइन्छ । यस्तै कष्ट वा कठिनताको मात्रा वा सम्भावना जतिसम्म धेरै हुन्छ, दानवीरता त्यति नै उच्च ठान्न सकिन्छ । तर यो अर्थ-त्यागको साहस सँगै जबसम्म पूर्ण तत्परता र आनन्दको संकेत देखिँदैन तबसम्म उत्साहको स्वरूप देखिँदैन ।
युद्धको अतिरिक्त संसारमा अरू पनि यस्ता विकट कामहरू छन् जसमा धेरै शारीरिक कष्ट सहनु पर्दछ अनि प्राण हानिसम्म हुने सम्भावना रहन्छ । अनुसन्धानका लागि तुषार-मण्डित अगम्य पर्वतहरूको आरोहण, ध्रुव देश तथा सहारा रेगिस्तानको भ्रमण; क्रूर, बर्बर जातिहरूको बिच अज्ञात घना जङ्गलहरूमा प्रवेश, इत्यादि पनि सबै वीरता र पराक्रमकै कर्म हुन । यी सबमा जुन आनन्दपूर्ण तत्परताका साथ मानिस प्रवृत्त भएका छन् ती पनि उत्साह नै हो ।
(a) उत्साहमा साहसको भूमिका स्पष्ट गर्नुहोस् ।
(b) धीरताको अभिप्राय के हो ?
(c) उत्साहको सही दर्शन कसरी हुन्छ ?
(d) आनन्दपूर्ण तत्परता अनि उत्साहको अन्तर्सम्बन्ध रेखाङ्कित गर्नुहोस् ।
(e) दानीलाई दानको कारण के सहन गर्नुपर्दछ ?
60 marks · directive: Comprehension
The core of a good answer
The passage argues that utsah (zeal) is joyful eagerness for acts that need the courage to bear hardship or loss: courage and fortitude alone are not utsah, which is seen only when the effort is made with joy and readiness, as in the warrior, the generous giver and the explorer.
An outline written by upsc.help, not an official UPSC answer; every fact checked by a separate review. How we work
What the question asks
Five questions of 12 marks each (12×5=60). Each answer must come from the passage, in clear and concise Nepali, in your own sentences; a few lines per answer is enough. Do not add outside material. The key distinction in the passage is between साहस and धैर्य or धीरता (courage, fortitude) on the one hand and उत्साह (joyful, eager effort) on the other.
Answer outline
Introduction
Read the whole passage once for its central claim (उत्साह holds the same place among the joys that fear holds among the sorrows), then find the sentence that answers each question.
(a)
- Courage is a necessary part of utsah: joyful eagerness towards acts that need the courage to bear hardship or loss is counted as utsah: "जुन कर्महरूमा कुनै प्रकारको कष्ट वा हानि सहने साहस अपेक्षित हुन्छ ती सबैमा उत्कण्ठापूर्ण आनन्द उत्साह त्यस अन्तर्गत लिने गरिन्छ".
- But courage alone is not enough: "केवल कष्ट वा पीडा सहने साहसमा नै उत्साहको स्वरूप स्फुरित हुँदैन । यसका साथै आनन्दपूर्ण प्रयत्न वा उसको उत्कण्ठाको संयोग हुनुपर्दछ".
- Example from the passage: being ready to have a large wound cut without being made unconscious is courage, not utsah: "बिना बेहोस नै ठुलो घाउलाई काट्नु तयार हुनु साहस हुनुसक्छ, तर उत्साह होइन".
(b)
- Fortitude is bearing even the hardest blows without giving way; the passage contrasts it with courage, which is being ready to bear heavy blows quietly without moving hand or foot: "चुपचाप बिना हातखुट्टा हल्लाई, अति प्रहार सहनका लागि तयार रहनु साहस र कठिन भन्दा कठिन प्रहार सहेर पनि ध्यैर्यलाई".
- Such fortitude becomes part of utsah only when the person carries on with joy the work for which he bears those blows: "उत्साह अन्तर्गत त्यसबेला लिन सकिन्छ जब साहसी र धीरले त्यस कामलाई आनन्दका साथमा गर्दै जानेछ".
(c)
- Utsah is truly seen in joyful effort or eagerness, not in the passive courage of merely bearing pain: "यस्तो आनन्दपूर्ण उत्साह वा उत्कण्ठामा नै उत्साहको दर्शन हुन्छ, केवल कष्ट सहनु निश्चेष्ट साहस-होइन".
- Both fortitude and courage move within utsah: "धृति र साहस दुवैको उत्साह माझ सञ्चरण हुने गर्छ".
(d)
- Joyful readiness is what turns courage into utsah. For the giver: "जबसम्म पूर्ण तत्परता र आनन्दको संकेत देखिँदैन तबसम्म उत्साहको स्वरूप देखिँदैन".
- For those who climb snow-covered peaks, travel in polar lands or the Sahara, or enter unknown dense forests: "यी सबमा जुन आनन्दपूर्ण तत्परताका साथ मानिस प्रवृत्त भएका छन् ती पनि उत्साह नै हो".
- So the two are inseparable: without joyful readiness there is only courage; with it, the same act becomes utsah.
(e)
- The giver must bear the hardship or difficulty that giving away wealth brings to his own livelihood: "दानवीरता त्यसबेला भनिन्छ जब दानको कारण दानीलाई आफ्नो जीवन निर्वाहमा कुनै प्रकारको कष्ट वा कठिनता आएको पाइन्छ".
- The greater the amount or likelihood of this hardship, the higher the generosity is rated: "यस्तै कष्ट वा कठिनताको मात्रा वा सम्भावना जतिसम्म धेरै हुन्छ, दानवीरता त्यति नै उच्च ठान्न सकिन्छ".
Conclusion
Keep each answer to a few sentences in your own Nepali, built on the passage line quoted above; do not copy whole sentences or add examples from outside.
Facts to remember
- The passage names kinds of heroism made by literary theorists: युद्धवीर, दानवीर, दयावीर, and calls युद्धवीरता the oldest and foremost.
- The passage contrasts निश्चेष्ट साहस (passive courage) with आनन्दपूर्ण प्रयत्न (joyful effort).
- The passage's own examples of utsah beyond war are mountain climbing, travel in polar lands and the Sahara, and entry into unknown forests.