Pratidin
2026 · Nepali Compulsory Paper (Qualifying) · 60 marksMainsQuestion 3

निम्नलिखित अनुच्छेदको सारांश लगभग एक-तिहाई शब्दमा लेख्नुहोस् । यसको शीर्षक लेख्न आवश्यक छैन । सारांश आफ्नै भाषामा लेख्नुहोस् ।

असल श्रोता हुनु सबभन्दा महत्त्वपूर्ण अनि आकर्षक जीवन कौशलहरूमध्ये एउटा हो । फेरि पनि हामीहरूमध्ये धेरै कम मानिसले सुन्नु जान्दछन्, यसको कारण यो होइन कि हामी नराम्रो हौं, किनभने कसैले हामीलाई यी सब सिकाएका पनि छैनन् । यसबाट सम्बन्धित तथ्य यो पनि छ कि धेरै मानिसहरूले हामीलाई ध्यानपूर्वक सुनेका छन् । परिणामस्वरूप हामी सामाजिक जीवनमा सुन्नाको अपेक्षा बातचित गर्ने मोहमा फँसिरहेका हुन्छौं, अरूहरूसँग भेटघाट गर्ने व्यग्रता रहन्छ, तर त्यसलाई सुन्न चाहिं होइन । बिस्तारै-बिस्तारै मित्रता स्वार्थमा परिवर्तित हुन याल्छ । एकजना असल श्रोताले कति यस्ता काम गर्दछ जो उसको साथमा समय बिताउनलाई सुखद हुन्छ । धेरजसो हामी कुनै यस्तो कुराको साथ बातचित प्रारम्भ गर्दछौं, जो महत्त्वपूर्ण त लाग्छ नै, तर स्पष्ट भने हुँदैन । कहिले हामी आफ्नो कामकुरा लिएर तनाउमा हुन्छौँ, कहिले आफ्नो कार्यक्षेत्रमा महत्वाकांक्षी बन्ने बारेमा सोंचिरहेका हुन्छौं, हामी सुनिश्चित गर्न सक्तनौं कि हाम्रालागि के उचित हुन्छ; कहिले हामीलाई यस्तो सन्देह हुन्छ कि कुनै सम्बन्ध कठिन प्रकारले बितिरहेको हुन्छ । हामी कुनै कुरालाई लिएर चिन्तित रहन्छौँ अथवा जीवनमा निराशाको अनुभव गरिरहेका छौँ । (यद्यपि हामीलाई ठीक ठीक थाहा हुँदैन कि समस्या के हो ?) वा सायद हामी कुनै उद्देश्यबाट अत्यधिक उत्साहित रूपले अझै ऊर्जापूर्ण हुनेछौं, तर हामी यस उत्साहका कारणहरूलाई स्पष्ट रूपले सम्झन सकेका हुँदैनौँ ।
वस्तुतः यी सबै बिषयले स्पष्टताको माग गर्दछ । एकजना असल श्रोताले यो सम्झन्छ कि आदर्श रूपले अरूसँग कुरा गर्दा हामीले आफ्नो भ्रमित र उत्तेजित मनबाट निकालेर अधिकाधिक शान्त मनको अवस्थासम्म पुर्‍याउन सक्छ । सम्वादको माध्यम द्वारा हामी मिलेर सम्झने प्रयास गर्न सक्तछौं कि वास्तवमा थाँतीमा के कुरा रहेको छ, तर धेरैजसो यस्तो हुन सक्तैन, किनभने कुराकानी गर्दा स्पष्टताको इच्छा र आवश्यकता बारे जागरूकता हुँदैन । सबै श्रोताहरू असल हुँदैनन् । परिणामस्वरूप मानिसहरू विश्लेषण गर्नाका सट्टामा आ-आफ्नो कुरामा अडिग रहन्छन् । तिनीहरू आफ्ना चिन्ता, उत्साह, उदासीनता वा आशालाई घरिघरि बेग्लाबेग्लै रूपले दोहोराइ रहन्छन् । नजिककाहरूले सुन्छन्, तर उनीहरूलाई गहिराइसँग सम्झनलाई सहयोग गर्दैनन् । असल श्रोताले कुराकानीको सूक्ष्म युक्तिहरूका सहारा लिएर स्थितिलाई परिवर्तन गरिदिन्छन् ।

जब कुनै व्यक्ति बोल्दछ, तब उसित पूर्णरूपले सम्पर्कमा जाँदछ, ऊ अरूलाई सामान्य प्रोत्साहन दिइनै रहन्छ, जस्तो कि सहानुभूतिपूर्ण भाव, उत्साहवर्धक संकेत वा रूचिपूर्ण कौशलगत जिज्ञासा । यसप्रकार उसले आफ्ना नजिककाहरूलाई आफ्ना विचारहरू र भावनाहरूको गहिराइमा जानका लागि प्रेरित गर्दछ । उसले भन्न मन पराउँछ — “यस बारेमा मलाई अझै भन .....”, “जब तिमीले यसो भन्यौ, तब म त मन्त्रमुग्ध भइगएँ”, “यस्तो किन भयो ? तिमीले विचार गर्‍यौ ?”, अथवा “तिमीले त्यस बारेमा कस्तो सोंच्यौ ?” एकजना असल श्रोताले यस्तो मान्दछ कि अरूहरूसँगका कुराकानीमा अस्पष्टता पाइनु स्वाभाविक हो । यस्तो मानिस न त आलोचना गर्छ वा न त अधीर नै हुन्छ, किनभने उसले सम्झेको हुन्छ कि अस्पष्टता एक सार्वभौमिक र महत्त्वपूर्ण मनको समस्या हो, जसलाई समाधान गर्ने दायित्व एक साँचो मित्रको हुन्छ । धेरजसो हामी कुनै अनुभवको वरिपरि भट्किरहेका हुन्छौँ, तर त्यसको मूल कारणसम्म पुग्नै पाएका हुँदैनौँ । यस्तो स्थितिमा एकजना असल श्रोताले हामीलाई विस्तारपूर्वक बोल्ने अनि गहिराइमा जानलाई अझै अग्रसर बन्न प्रेरित गर्दछ । हामीलाई यस्तो व्यक्तिको आवश्यकता पर्दछ जसले सल्लाह नदिएर केवल दुई सरल र चमत्कारी शब्द बोल्दछ – ‘अघि जाऊँ’ । हामी सहोदर भाइबहिनीको उल्लेख गर्छौँ अनि उनीहरू अपेक्षित जिज्ञासा राख्ने गर्छन्; जस्तो कि तिनीहरूको बाल्यकालमा सम्बन्ध कस्तो थियो ? समयको साथमा उनीहरूमा कस्ता परिवर्तन आए, उनीहरू यस्तो सम्झने प्रयास गर्छन् कि हाम्रो चिन्ता र उत्साहको मूल कहाँ छ ? उनीहरू सोच्छन् — “यो कुराले तपाईंहरूलाई यति निराश किन बनाइरहेको छ ?” वा “यो कुरा तपाईंका लागि किन महत्त्वपूर्ण छ ?” तिनीहरू हाम्रा बितेका कुराहरूलाई पनि सम्झना गर्दछन् । कहिलेकाहीँ तिनीहरू हामीले भनेका पुराना कुराहरूको सन्दर्भ दिने गर्छन् अनि हामीलाई थाहा लाग्दछ कि वास्तवमा हाम्रा साथमा उनीहरू गहिरोसँग जोड़िने प्रयास गरिरहेका छन् । अस्पष्ट कुराकानी गर्नु घातक रूपले सजिलो हुन्छ । हामी खास गरी यति भन्न सक्छौं कि कुनै वस्तु सुन्दर हुन्छ, वा भयानक, सुखद हुन्छ वा चिन्ताजनक तर हामी यतिसम्म सोच्ने प्रयास गर्दैनौं कि हामीलाई यस्तो अनुभव किन हुन्छ ? एकजना असल श्रोताले हाम्रा यी सतही कुराहरूमा रचनात्मक एवम् मैत्रीपूर्ण संशय गर्दछ अनि यी गहिरा भावनाहरूलाई सम्झने प्रयास गर्दछ, जो हामीभित्र लुकेको हुन्छ ।

(607 शब्द)

60 marks · directive: Precis

Answer

The core of a good answer

The passage says that good listening is a rare and valuable life skill: much of what we say is unclear even to ourselves, and a good listener, through patient encouragement and gentle questions, helps us move from confused feelings to a clear understanding of their causes.

An outline written by upsc.help, not an official UPSC answer; every fact checked by a separate review. How we work

What the question asks

The passage is printed as 607 words, so the summary should be about one-third of that, roughly 200 words (607 ÷ 3 = 202.3). No title is needed. The summary must be in Nepali and in your own words: keep the main argument and its order, drop the quoted questions and the list of situations, and add no comments of your own.

Answer outline

Introduction

Read the passage twice, mark the main idea of each paragraph, and plan about 200 words in one continuous paragraph or two or three short connected ones.

Main idea 1: listening is a rare skill

Main idea 2: our conversations are unclear

Main idea 3: what a good listener does

Main idea 4: going beneath the surface

Conclusion

Check the word count (about 190 to 215 words), make sure every main idea above appears in order, and remove any example, quotation or opinion that is not needed.

Facts

Facts to remember

Write a timed answer in the app